बहुविवाह घटनाका आरोपित गिरफ्तार

  ०७३ मङ्सिर २० गते

बेसीशहर नगरपालिका-११ का ४१ वर्षीय खुशी मियाँ र ३३ वर्षीय कान्छी पत्नी कोपिला मियाँलाई प्रहरीले मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।

मियाँकी जेठी पत्नी ३८ वर्षीया जमिला मियाँले मङ्सिर १८ गते दिएको उजुरीको आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर कमलबहादुर रजौरेले बताए ।

घरमा आफू हुँदाहुँदै अर्को विवाह गरेको आरोपमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।


दलबहादुर मजाकोटी