बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा स्यालाखदी गाविस-३ का २८ वर्षीय दुर्गबहादुर परियार र सोही ठाउँकी २१ वर्षीया विष्णुमाया परियारलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।
दुर्गबहादुरकी पत्नी २६ वर्षीया मनमाया परियारको उजुरीका आधारमा आरोपितद्वयलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुमका डीएसपी अङ्गुर जिसीले बताए ।
आरोपितद्वयले गएको कात्तिक २५ गते विवाह गरेको आरोपमा पीडित महिलाले मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालय रूकुममा उजुरी दिएकी थिइन् ।
यसैगरी बहुविवाहको आरोपमा मुसिकोट नपा-४ का ४१ वर्षीया प्रकाश बराम र छिवाङ्ग गाविस-६ की २१ वर्षीया मुना केसीलाई प्रहरीले मङ्सिर ८ गते घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रूकुमले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी जिसीका अनुसार प्रकाशले कात्तिक २७ गते मुनासँग दोस्रो विवाह गरेको आरोपमा जेठी पत्नी लिला बरामले जिल्ला प्रहरी कार्यालय रूकुममा मङ्सिर ४ गते उजुरी दिएकी थिइन् ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…