बहुविवाह घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नपा-१ का भिमबहादुर विश्वकर्मा र सोही नपा-१० का बलबहादुर तामाङलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक २ गते गिरफ्तार गरेको छ ।
पीडित महिला असारी तामाङले असोज ३० गते दिएको उजुरीका आधारमा प्रहरीले बलबहादुर तामाङ र दाङ जिल्ला धर्ना गाविस-२ की १९ वर्षीया सीता पुनलाई गिरफ्तार गरेको जनाएको छ । आरोपितहरूले गत असोज २८ गते विवाह गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
त्यसैगरी पीडित महिला पुनम विकले कात्तिक २ गते प्रहरीमा दिएको उजुरीका आधारमा भिमबहादुर विश्वकर्मा र मकवानपुर हेटौंडाकी २५ वर्षीया सम्झना दियालीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ । पीडित महिलाले दिएको उजुरीमा आरोपितद्वयले गत असोज २१ गते विवाह गरेको उल्लेख छ ।
भगिश्वर लिम्बू
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…