बहुविवाह घटनाका आरोपित गिरफ्तार

काभ्रे-७ स्थायी घर भई हाल घोराही नपा-११ मा बस्दै आएका ३८ वर्षीय यमलाल जिसी र त्रिपुर नपा-२ झारवैराकी २५ वर्षीया अस्मिता वलीलाई बहुविवाहको आरोपमा प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

काभ्रे-७ की बालिका जिसीले बहुविवाहको आरोपमा आरोपितद्वय विरुद्ध असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाका अनुसार आरोपितद्वयले गत भदौ १९ गते विवाह गरेका थिए । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।


जे.एन.सागर