बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार
डाक्नेश्वरी नपा-७ राम टोलका ४३ वर्षीय बिन्देश्वरीकुमार राम र सोही ठाउँकी १९ वर्षीया सङ्गीताकुमारी रामलाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।
जेठी पत्नी ३५ वर्षीया श्यामसतीदेवी रामले उनका पति बिन्देश्वरीले सङ्गीतासँग ०७४ कात्तिक १ गते बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा कात्तिक ११ गते उजुरी दिएकी थिइन् ।
प्रहरीले कात्तिक १२ गते बहुविवाह मुद्दा दर्ता गरेको छ । पीडितले उजुरीका साथै विवाह दर्ता, छोरीहरूको जन्म दर्ता र दोस्रो विवाहको प्रमाणहरू पेश गरेकी छिन् ।
सामजिक परम्पराअनुसार ०६० वैशाख २७ गते विवाहिता पीडिततर्फ तीन छोरी भएकाले हेला गर्दै आएका आरोपित पतिले छोराकै लागि भनेर दोस्रो विवाह गरेको पीडितको आरोप छ । आरोपितहरूले जिल्ला अदालतबाट असोज ३१ गते नाता कायम गराएका छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…