बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार
प्रसवनी गाविस-२ की २७ वर्षीया कविता साहका पति ३४ वर्षीय परशुराम साह तेली र उनकी कान्छी पत्नी १९ वर्षीया आशाकुमारी साहलाई प्रहरीले बहुविवाहको आरोपमा पुस १४ गते गिरफ्तार गरेको छ ।
पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी पुस १३ गते दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नारायणप्रसाद भट्टराईले जानकारी दिए । आरोपितद्वयले मङ्सिर ९ गते विवाह गरेकोले बहुविवाहमा कारबाही गर्न माग गर्दै पीडितले उजुरी दिएकी थिइन् ।
सामाजिक परम्पराअनुसार आरोपित परशुरामसँग ०६५ सालमा विवाहित पीडिततर्फ सन्तान छैनन् । सन्तान नभएपछि उपचार गराउनुको साटो कुटपिट गरेर घरनिकाला गरेपछि गम्हरिया प्रवाहा गाविस-२ स्थित माइत विस्थापित भएको पीडितले बताइन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…