बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार
डिमन गाविस-१ की ३२ वर्षीया रम्भाकुमारी यादवको उजुरीमा उनका पति ३५ वर्षीय उमेशप्रसाद यादव र निजकी कान्छी पत्नी २० वर्षीया बुच्ची भनिने प्रितीकुमारी यादवलाई सप्तरी प्रहरीले पुस ५ गते गिरफ्तार गरेको छ ।
नर्घो गाविस-५ स्थित माइतीघरमा विस्थापित पीडितले दिएको उजुरी प्रहरीले पुस १ गते दर्ता गरी बहुविवाह घटनाका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार जिल्ला प्रहरी कार्यालयका एसपी देवेश लोहनीले जानकारी दिए ।
आरोपित उमेशले ०७३ बैशाखमा कुटपिट गरी घरनिकाला गरेपछि माइतीघरमा विस्थापित पीडित ०७३ मङ्सिर ३ गते घर फर्किएकी थिइन् । आरोपितहरू दुवै जना मङ्सिर ५ गते घर प्रवेश गरेपछि बहुविवाहबारे थाहा पाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १२ गते उजुरी दिएकी थिइन् ।
सामाजिक परम्पराअनुसार पीडित र आरोपित उमेशबीच ०६२ फागुन २८ गते विवाह भएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार…
धनकुटाको सहीदभूमि–६ मा मतदान सुरु
सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ । मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३० गते विवाद भएपछि स्थगित भएको मतदान सहीदभूमि गाउँपालिका–६ मा सुरु…