बहुविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७४ फागुन १० गते

सिद्धार्थनगर नपा-३ की २५ वर्षीया अनिता यादवले पति ३१ वर्षीय  बब्लु यादवले २०७४ माघ २८ गतेबहुविवाह गरेको भन्दै अारोपितविरुद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी छन् ।

पतिले बुटवल उमनपा-९ इँटाभट्टीकी २६ वर्षीया अप्सरा दानुलाई माघ २८ गते भगाएर फरार रहेको भनी फागुन ८ गते जानकारी पाएको प्रहरी कार्यालयमा दिएकाे उजुरीमा उल्लेख गरेकी छन् । फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।


रीमा बि.सी.