बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी, मिलापत्र गराउने प्रयास
हगाम गाविस-९ याङ्लाकोटकी २३ वर्षीया माइली तामाङले प्रहरी समक्ष २६ वर्षीय पति जगमान तामाङ र पर्सा जिल्ला ठोरी निर्मलवस्ती घर भएकी १९ वर्षीया सोङमायाँ तामाङविरुद्ध उजुरी परेपनि मिलापत्र गराउने प्रयास भइरहेको आरोप छ ।
पीडित महिलाले १ लाख रुपियाँ पीडितलाई दिएर मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गराउने प्रयास गरिएको आरोप लगाइन् ।
पीडित महिलाले दिएको उजुरीमा आरोपितद्वयबिच असोज ५ गते विवाह गरेको आरोप लगाइएको छ ।
पीडित माइलीले कात्तिक २८ गते बहुविवाहका आरोपितद्वयविरुद्ध इलाका प्रहरी कार्यालय जलबिरेमा निवेदन दिएकी थिइन् । पीडितको निवेदनको आधारमा प्रहरीले कात्तिक २९ गते आरोपितद्वयलाई गिरफ्तार गरेको थियो ।
पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी पत्र दर्ता नगराएको र आरोपित र पीडितबीच अदालतबाट सम्बन्ध विच्छेद गर्ने सहमति भएकोले आरोपितलाई उनका दाजु सार्की तामाङको जिम्मा लगाएर पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय स्थित महिला तथा बालवालिका सेवा केन्द्रका प्रमुख विशेश्वर पाण्डेले बताए । पाण्डेका अनुसार पीडितको तीन वर्षीया छोरीको जन्म दर्ता गराउने र पीडितलाई आरोपितले १ लाख रुपियाँ दिएर सम्बन्ध बिच्छेद गर्ने सहमति भएको हो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतसँग घटनाबारे थप जानकारी लिन खोज्दा कार्यालय प्रमुख एसपी बाहिर गएकाले उहाँ आएपछि मात्र निर्णय हुने बताए ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…