बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

  ०७३ कात्तिक १० गते

ठुलापोखरा गाविस-२ की २४ वर्षीया सिर्जना भट्टराईले ३३ वर्षीय पति गणेश प्रसाद भट्टराई र भगवती गाविस-३ की १९ वर्षीया दुर्गा पाण्डेले बहुविवाह गरेको आरोपमा दुवै जनाविरुद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित महिलाले दिएको उजुरीमा आरोपितद्वयले कात्तिक ५ गते विवाह गरेको आरोपमा कानुन अनुसार कारबाही र आफूलाई न्याय दिन माग गरेकी छन् ।

पीडित महिलाको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनराज भण्डारीले जानकारी दिए ।


नारायण भुसाल