बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

अमरपुर गाविस–५ की २८ वर्षीया कुसुम तामाङले ३० वर्षीय पति पोख्रेल थिङ र सोही गाविस–४ की ३१ वर्षीया शान्ता भनिने विष्णुमाया योङहाङविरुद्ध बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा ०७३ कात्तिक ८ गते उजुरी दिएकी छन् ।

पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा आरोपितहरूले असोज २९ गते बहुविवाह गरेको उल्लेख छ ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितहरूलाई कात्तिक ७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रिपेन्द्रकुमार सिंहले बताए ।


मङ्गल बेघा