बहुविवाह गरेको ठहरमा एक वर्षकैदको फैसला
बरही विरपुर गाविस-८ की २४ वर्षीया पुनमकुमारी रायका पति २६ वर्षीय राजकुमार रायलाई जिल्ला अदालतले भदौ १७ गते बहुविवाहको आरोपमा एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले उक्त फैसला गरेको तथा अर्का आरोपित रायकी कान्छी पत्नी सुनसरीकी २४ वर्षीया सुबीकुमारी रायलाई सफाई दिने फैसला गरेको अदालतले जानकारी दिएको छ ।
आरोपितले दोस्रो विवाह गरी ०७२ फागुन ५ गते कान्छी पत्नीलाई घर भित्र्याएपछि पीडित ब्रहृमपुर गाविस-८ स्थित माइत विस्थापित भएकी थिइन् । पीडितले आरोपित पति र उनकी कान्छी पत्नीविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७२ चैत २ गते उजुरी दिएकी थिइन् ।
पीडितको उजुरीका आधारमा उनका पति राजकुमारलाई इलाका प्रहरी कार्यालय पातोले ०७२ चैत ३ गते गिरफ्तार गरी ०७२ चैत ४ गते मुद्दा दर्ता गरेको थियो ।
सामाजिक परम्पराअनुसार ०६६ फागुन ७ गते विवाहित पीडिततर्फ एक छोरा र एक छोरी छन् । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले आरोपितलाई ०७२ चैत २५ गते पूर्पक्षका लागि राजविराज कारागामा थुनामा पठाएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…