बहुविवाह गरेको कसुरमा १ वर्षकैदको फैसला
बहुविवाह गरेको कसुरमा जिल्ला अदालतले चैत २७ गते लहान नपा-१५ का २४ वर्षीय शङ्कर ढुङ्गानालाई १ वर्षकैद र ५ हजार रुपियाँ जरिबाना र २० वर्षीया स्मिता कार्कीलाई सफाई दिने फैसला गरेको छ ।
न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आले मगरले बताए ।
लहान नपा-१५ की २० वर्षीया पुनम ढुङ्गानाले ०७३ मङ्सिर १५ गते आरोपितद्वयविरुद्ध बहुविवाह गरेको आरोपमा कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय लहानमा पुस १९ गते उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय लहानले आरोपीतहरूलाई पुस १९ गते गिरफ्तार गरेर बहुविवाहमा मुद्दा चलाएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित शङ्करलाई ३० हजार रुपियाँ र स्मितालाई १५ हजार रुपियाँ धरौटीमा माघ ५ गते रिहा भएका थिए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…