बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको कसुरमा गज्याङ्कोट गाविस-४ उखाडीगाउँका ३८ वर्षीय कृष्णप्रसाद अधिकारी र सोही गाविस-३ की २५ वर्षीया पार्वती भण्डारीलाई जिल्ला अदालत जुम्लाले दोषी ठहर गर्दै एक/एक वर्षकैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश कृपासुर कार्कीको साउन २४ गतेको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेले जानकारी दिए ।
उनीहरूले बहुविवाह गरेको भन्दै कृष्णबहादुरकी जेठी पत्नी ३५ वर्षीया निर्मला अधिकारीले गत वैशाख २३ गते जिल्ला प्र्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी थिइन् । कृष्णबहादुरले पार्वतीसँग ०७२ चैत १८ गते बहुविवाह गरेको निर्मलाले जानकारी दिइन् ।
सो मुद्दामा जिल्ला प्रहरी कार्यालय जुम्लाले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालयमार्फत जिल्ला अदालत जुम्लामा जेठ १७ गते मुद्दा दायर गरेको थियो ।
बहुविवाह मुद्दाका आरोपित कृष्णबहादुर र पार्वतीलाई प्रतिव्यक्ति ५०/५० हजार रुपियाँ धरौटीसहित तारेखमा छाड्न अदालतले गरेको आदेश अनुसार दुवैजनालाई जेठ २३ गते प्रहरीले रिहा गरेको थियो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…