बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको कसुरमा अयोध्यानगर गाविस-१ का ३५ वर्षीय रामकुमार महतो र २२ वर्षीया सुशीला खत्रीलाई जिल्ला अदालतले असोज १२ गते जनही एक वर्षकैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए ।
अयोध्यानगर गाविस-१ की ३१ वर्षीया प्रमिलाकुमारी महतोले पति रामकुमार र उदयपुर जिल्ला भलायोडाँडा गाविस-१ की सुशीलाले ०७२ भदौ १२ गते विवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा ०७२ असोज १७ गते उजुरी दिएकी थिइन् ।
आरोपित रामकुमार जिल्ला अदालतमा वैशाख ३० गते उपस्थित भई ४० हजार रुपियाँ धरौटीमा र सुशीला असार १ गते अदालतमा हाजिर भई १० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…