बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको आरोपमा तारिखमा छुटेका चिसापानी गाविस-५ का २८ वर्षीय दुर्गाप्रसाद भट्टराईलाई जिल्ला अदालतले एक वर्षकैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले भदौ ८ गते विवाहवारी महलको नौ नम्बर अनुसार कसुर ठहर गर्दै सोही महलको दश नम्बर बमोजिम उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
भट्टराईले नुवाकोट जिल्ला घर भएकी २७ वर्षीया शान्ता तामाङसँग जेठ २० गते बहुविवाह गरेको आरोपमा उनकी जेठी पत्नी गोमादेवी भट्टराईले असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
भट्टराईले सम्झनालाई झुक्याएर विवाह गरेको पाइएपछि अदालतले सम्झनालाई भने सफाई दिएको श्रेस्तेदार भट्टराईले जानकारी दिए ।
असार ६ गते दुर्गाप्रसाद र शान्ता दुवैलाई अदालतले असार २८ गते साधारण तारेखमा रिहा गरेको थियो ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…