बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी

रेसुङ्गा नपा–२ की २५ वर्षीया मिना खड्का थापाले बहुविवाह गरेको आरोपमा ३१ वर्षीय पति कृष्ण थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी दर्ता गरेकी छन् ।

पीडित महिलाले दिएको उजुरीमा ह्वाङदी–२ की २१ वर्षीया कल्पना थापासँग कृष्णले गत वैशाख ११ गते अर्को विवाह गरेको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सई सत्यनारायण यादवले उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान गरी आवश्यक कारबाही गरिने बताए ।


टोपलाल अर्याल