बहुविवाह गरेको आरोपमा पतिविरूद्ध उजुरी

मानेभञ्ज्याङ गाउँपालिका-९, माधवपुरका ३६ वर्षीय कुमार सार्कीले बहुविवाह गरेको आरोपमा ३२ वर्षीया पत्नी सुमा सार्कीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा वैशाख २४ गते उजुरी दिएकी छन् ।

पीडित महिलाले दिएको उजुरीमा पति विदेश गएपछि घरमा हेला गरेर खान लाउन नदिए पनि एकाघरमा बसेको तर, पति फर्किएपछि ०७५ वैशाख २ गते बहुविवाह गरी घरबाट समेत निकालेकाले न्याय पाउँ भनी उल्लेख गरेको इन्सेक प्रतिनिधिलाई बताइन् ।

३० वर्षीया सविना कार्कीसँग आरोपितले विवाह गरेर घरेलु हिंसा गर्ने गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

अहिले पीडित महिला नाबालक छोरासहित सदरमुकामस्थित सेफ हाउसमा बस्दै आएकी छन् । उजुरी आएपछि आरोपित गिरफ्तार गर्न मातहत प्रहरी कार्यालयलाई निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका असई दुर्गा भट्टराईले बताए ।


शिवप्रसाद ढुङ्गाना