बहुविवाहका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले असोज २२ गते तिला गाउँपालिकाको कुडारी बजारबाट दुई जनालाई गिरफ्तार गरेको छ ।

तातोपानी गाउँपालिका-२ डागीवाडाका ३० वर्षीय विरेन्द्रकुमार डाँगी र गोरखा जिल्लाको फिनाम-४ की २९ वर्षीया इराधा खत्री डाँगीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।

३० वर्षीया सत्यदेवी डाँगीले आरोपितद्वयले बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा असोज २२ गते उजुरी दिएकी थिइन् ।


मानदत्त रावल