बलुन बेच्ने सानो व्यापारीलाई कुटपिट गरेको घटनाकाे विराेधमा प्रदर्शन
वीरगंज महानगरपालिकाको–१९ का बरुण रामलाई अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीका असई नवलेश तिवारीले कुटपिट गरेको भन्दै ०८० कात्तिक ५ गते स्थानियहरूले प्रहरी पोस्ट घेराउ गर्नुका साथै विरोध प्रदर्शन समेत गरेका छन् ।
पीडित विन्दवासिनीमा लागेको मेलामा बलुन बेचिरहेका थिए । वीरगंज महानगरपालिका–१९ विन्दवासिनीस्थित बिन्दवासिनी मन्दिरमा ०८० कात्तिक ५ गते वडादसैँको अवसरमा लागेको मेलामा असई तिवारीले सबै व्यपारीहरूसँग उठाइरहेको पैसा आफूले नदिएपछि कुटपिट गरेको पीडित रामकाे आरोप रहेकाे छ।
उहाँले भन्नु भयो “बिन्दवासिनी मेलामा मँ बलुन बेचिरहेको थिए । असई तिवारी आउनु भयो र पैसा माग्नु भयो, मैले पैसा दिइन । त्यसपछि बेचिरहेको ठाउँबाट बलुन हटाउन भन्नु भयो । मैलाई बलुन हटाई रहेको थिएँ त्यसैबीच मन्दिरबाट अरु दुई जना प्रहरीहरू आउनु भयो र मेरो सबै बलुन बाटोमा फालिदिनु भयो । मेरो बलुन किन फाल्नु भयो भन्दा मलाई समातेर प्रहरी पोष्टमा लगेर असईको अगाडि २/३ जना प्रहरीहरूले कुटपिट गर्नु भयाे।”
प्रहरीले हात र बुटले मलाई कुटपिट गर्नुको साथै मेरो ५/६ हजार रुपियाँको बलुनमा समेत क्षति पुर्याएको घटना बारे पीडितले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनु भयो ।
उक्त विषयमा असई तिवारीसँग फोनमा सम्पर्क गर्दा घटना बारे उहाँले केही बताउन नचाहेको इन्सेक जिल्ला प्रतिनिधिले जानकारी दिनु भयो ।
इलाका प्रहरी कार्यालय पोखरियाका इन्सपेक्टर मोहन बिक्रम केसीले विवाद सुल्झिसकेको बताउनु भयो । तर, पिडित रामले घटना भएको दिन मरो उपचार गराउन प्रहरीले भने पनि नगराएको गुनासो गरेका छन् ।
शम्भुकुमार सुमन
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…