बलात्कार र यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला रामग्राम नगरपालिका-७ घर भई हाल सशस्त्र प्रहरी सीमा सुरक्षा बल भैरहवा डण्डामा कार्यरत ३४ वर्षीय दिनेश नेटुवा राठोरलाई जेठ २१ गते भैरहवाबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २१ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपन्देही प्रहरीले बुटवल उपमहानगरपालिका-११ नहरपुरका ४० वर्षीय कृष्ण गिरीलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले जेठ २१ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २१ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…