बलात्कार र मानव बेचविखनका आरोपित गिरफ्तार

२४ वर्षीया र २५ वर्षीया दुई जना विदेशी महिलाहरूलाई नेपाल र भारतमा घुमाइदिने प्रलोभन देखाएर भारतका विभिन्न स्थानमा हप्ता दिनसम्म बन्धक बनाइ यौनशोषण गरेर भिसा सकिएपछि नेपालबाट भिसा थपी स्वदेश फिर्ता पठाइदिने भन्दै भैरहवाको एक होटलमा राखेर पासपोर्ट लुकाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको महाराजगञ्ज जिल्ला, नौतुनहवाका बब्लु सिद्धिकीलाई सिर्द्धार्थनगर नपा-१३ बाट चैत ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाहरूलाई आरोपितले भारत र नेपालका विभिन्न स्थानहरू घुमाइदिने भनी पासपोर्ट कब्जामा राखेर आफूहरूलाई बन्धक बनाई बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडितद्वयको स्वास्थ्य परीक्षण भीम अस्पताल भैरहवामा चैत ८ गते नै गरिएको प्रहरीले जनाएको छ ।


रीमा बि.सी.