बलात्कार र आपराधिक लाभ घटनाको मुद्दा मुल्तबीमा
२८ वर्षीया महिलालाई बलात्कार र ठगी गरेको आरोप लागेका डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढाका ३२ वर्षीय पशुपति कुमार साह विरुद्धको बलात्कार र आपराधिक लाभको मुद्दा ०८० फागुन १० गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश संजिब पोखरेलको इजलासबाट मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतले जानकारी दिएको छ । उच्च अदालत जनकपुर राजविराज इजलासको परमादेशबाट ०७९ असार ५ गते उजुरी दर्ता भएको थियो । सुरुमा जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेपछि पीडितले ०७८ असोज ५ गते उच्च अदालत जनकपुर राजविराज इजलास समक्ष परमादेशको निवेदन दिनु भएको थियो । अदालतले ०७९ वैशाख ९ गते परमादेश गरी ०७९ जेठ १३ गते कानुन बमोजिम आवश्यक कारवाही गर्न प्रहरीलाई पत्र पठाएको थियो । पीडितले ०७९ जेठ ३१ गते उजुरी सनाखतको दर्ता गर्न माँग गर्दै उजुरी दिनुभएको थियो । आरोपित गिरफ्तार नभए पछि अदालतले पाँचौ पेशीमा मुद्दा मुल्तबीमा राखेको हो ।
घटना अनुसार पीडितका पति २०७२ सालदेखि ०७७ सालसम्म वैदेशिक रोजगारका लागि मलेशियामा कार्यरत थिए । डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा महुकीस्थित आरोपितको पशुपति जनरल स्टोर्स किराना पसलमा सामान किन्न जाँदा ०७६ फागुन १० गते आरोपितले चिनीको बोरा उठाउन सहयोग माग्दै भित्री कोठामा लगी बलात्कार गरेको पीडितले बताइन् । पीडितका अनुसार प्रतिकार गर्दै होहल्ला गर्दा आरोपितले मोबाइलबाट खिचेको घटनाको भिडिओ सार्वजनिक गर्ने धम्की दिए । भिडिओ सार्वजनिक गर्ने धम्की र दवाव दिई घटनाको केही दिनमा ब्लैकमेल गरी २ लाख रुपियाँ लिएका आरोपितले ०७७ वैशाख २१ गते ६ लाख रुपियाँ र ०७७ असोज २६ गते पुनः २ लाख रुपियाँ गरी १० लाख रुपियाँ ठगेको बताउनु भयो ।
विदेशबाट आएका पतिले रकमको खाेजी गरेपछि आरोपितको किराना पसलमा माग्न जाँदा पछिल्लो पटक ०७८ वैशाख ५ गते पुनः बलात्कार गरेको पीडितले बताइन् । घटना बारे ०७८ वैशाख १० गते उजुरी दिएपछि पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख १२ गते स्वास्थ्य परीक्षण भएको थियो । उच्च अदालत जनकपुर राजविराजको इजलासबाट भएको परमादेश पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भई ०८० वैशाख २७ गते अदालतमा अभियोग पत्र दायर भएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…