बलात्कार मुद्दा बालविवाहमा परिणत, आरोपितलाई १ वर्ष ६ महिना कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गल्छी गाउँपालिका–८ का २९ वर्षीय दिपक तामाङलाई जिल्ला अदालतको मङ्सिर ५ गतेको इजलासले जबरजस्ती करणी मुद्दालाई बालविवाहमा परिणत गरी १ वर्ष ६ महिना कैदको आदेश गरेको छ ।
न्यायधिस गोपालप्रसाद बास्तोलाको इजलासले जबरजस्ती करणी मुद्दालाई बालविवाहमा परिणत गरी कसुर ठहर गर्दै कसुरदारलाई मुलुकी अपराध संहिता २०७४ दफा १७३ को उपदफा १ बमोजिम १ वर्ष ६ महिना कैद गरी १५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताउनु भयो ।
पीडित बालिकालाई ०८१ वैशाख १३ र १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएपछि सोही दिन प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।
प्रहरी अनुसन्धानपछि जेठ २० गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुलुकी अपराध संहिता २०७४ दफा २१९ को उपदफा ३ (ख) अनुसार जबरजस्ती करणी मुद्दा दर्ता गरिएको थियो ।
सोही मुद्दामा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको जेठ २१ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २९ गते धादिङ अस्पतालमा गरिएको थियो ।
जिल्ला अदालतले गरेको फैसलामा ०८१ वैशाख १९ गते साथीको घरमा गएकी पीडित बालिकाले कसुरदारसँग विवाह गरेकाले र फोटोसमेत विवाहको भएको तथा बालिका वयस्कतर्फ उन्मुख भएकोले बलात्कार नभइ बालविवाह भएको ठहर गरेको श्रेस्तेदार भण्डारीले जानकारी दिनु भयो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…