बलात्कार मुद्दाका फरार कसुरदार गिरफ्तार
सल्यानको बागचौर नगरपालिका-२ घर भई हाल कीर्तिपुर नगरपालिका-८ बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसीलाई प्रहरीले ०८१ कात्तिक ६ गते गिरफ्तार गरेको छ ।
बलात्कार र गर्भपतन मुद्दाका फरार किसुरदार केसीलाई कीर्तिपुर नगरपालिका-८ स्थित पाँगाबाट गिरफ्तार गरेको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।
बलात्कार र गर्भपतन मुद्दामा उच्च अदालत सुर्खेतले केसी विरुद्ध १२ वर्ष ६ महिना कैद र पाँच हजार जरिवाना हुने ठहर गरेको छ ।
जिल्ला अदालत सुर्खेतबाट २०८१ वैशाखमा भएको उक्त फैसलापछि उनी फरार थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
केसी विरुद्ध २०७७ साउन २ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जवरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।
पार्वती साउद
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…