बलात्कार मुद्दाका फरार कसुरदार गिरफ्तार
बौद्धिक अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार मुद्दाका फरार साकेला गाउँपालिका-२ रतन्छाका ३६ वर्षीय नरदेश राईलाई प्रहरीले साउन २९ गते गिरफ्तार गरेको छ ।
बौद्धिक अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई ०७२ माघ १८ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालतमा सामूहिक बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतले ०७९ चैत ३० गते नरदेश राईलाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो ।
अदालतको फैसलापछि लुकिछिपि बस्दै आएका राईलाई घर आएका मौकामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।
अदालतबाट कसुरदार ठहर भएका नरदेशलाई जिल्ला अदालतमा हाजिरी गराएर सजाय भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कार्कीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७२ माघ २० गते गरिएको थियो ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ…
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…