बलात्कार मुद्दाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिका बलात्कार मुद्दाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पुस १९ गते गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा पर्नेमा विष्णुपुर गाउँपालिका–३ का २२ वर्षीय रविन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर उमाशङ्करप्रसाद यादवले बताए ।
पीडित बालिकालाई ०७५ असोज ११ गते विष्णुपुर गाउँपालिका–२ का २२ वर्षीय दिपा भन्ने दिपेन्द्रकुमार यादव, रविन्द्र यादव, सोही ठाउँका २३ वर्षीय नविन यादव र २१ वर्षीय उदिपा यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा असोज १४ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १४ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर यादवका अनुसार आरोपित दिपेन्द्रलाईलाई असोज १४ गते गिरफ्तार गरेको र रविन्द्र फरार रहेकोले खोजतलासको क्रममा पुस १९ गते सुराकीको आधारमा गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको बताए ।
गिरफ्तारीमा परेका अर्का आरोपित जिल्ला अदालतको आदेशमा कात्तिक ११ गते देखि पुर्पक्षका लागि थुनामा रहेका छन् भने अन्य २ अझै फरार रहेका छन ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…