बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी

  ०८१ माघ १२ गते

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले पुस २४ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । घटनापछि आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ११ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।


नातिबावु धिताल