बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७८ असोज १२ गते

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका २३ वर्षीय मनबहादुर यादवलाई असोज १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज ६ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको भन्दै पीडितले असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।


रीमा बिसी