बलात्कार प्रयास घटनामा मिलापत्र !

वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार गरिएका आरोपितमाथिको उजुरी पीडित पक्षले फिर्ता लिएपछि आरोपित फागुन २१ गते प्रहरी हिरासतबाट छुटेका छन् ।

पीडितलाई आरोपितले फागुन ९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीद्वारा फागुन १० गते गिरफ्तार भएका आठबिसकोट नपा–८ का २५ वर्षीय भिमबहादुर चदरा १५ हजार रुपियाँ क्षतीपुर्ति तिरेर छुटेका हुन् ।

पीडित पक्षले फागुन १० गते प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ परीक्षण फागुन १० गते त्रिपुराकोट स्वास्थ चौकीमा गरिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरिएका चदरालाई हिरासतमा राखी अनुसन्धान गरिरहँदा पीडित पक्षले ‘हामी आफँै छलफल गरेर मिलाउँछौँ ।’ भन्दै निवेदन फिर्ता लिएपछि आरोपित पक्षले पीडितलाई १५ हजार रुपियाँ क्षतिपुर्ति दिएको बताइएको छ ।

त्रिपुराकोट प्रहरी चौकीका सई टेकबहाहदुर देउवाले आफुहरूको अनुसन्धान र चिकित्सक रिपोर्टमा ‘पीडित पक्षले लगाएको आरोप अनुसार नपाएको’ र पीडित स्वयम्ले निवेदन फिर्ता लिन्छु भनेपछि फिर्ता दिएर पठाइएको बताए । उनले घर समाज बसी मिलापत्र गरिएको हुनसक्ने बताए ।


विष्णुप्रसाद देवकोटा