बलात्कार प्रयास घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका-४ गोल्माका ६० वर्षीय चुडामणी श्रेष्ठविरुद्ध ०७९ चैत १७ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

आरोपित श्रेष्ठले पटक पटक मोवाइलमा फोन गरी बलात्कार गर्ने धम्की दिँदै आएको पीडितको भनाई छ ।

पीडित न्यायको लागी सहयोग माग्दै चैत १७ गते इन्सेक प्रतिनिधिको सहयोगमा उजुरी दर्ताको गरेको हो ।

घटनामा संलग्न भएका आरोपितको खोजी गरी आवश्यक अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले बताउनु भयो ।


नातिबावु धिताल