बलात्कार प्रयास घटनाको उजुरी दर्ता

  ०७८ असोज ७ गते 

एक ३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा औरही गाउँपालिका–१ का ४० वर्षीय अजय यादवविरुद्ध परेको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले असोज ६ गते दर्ता गरेको छ ।

पीडित महिलाका अनुसार आरोपितले भदौ ३१ गते बलात्कार प्रयास गरेको र गाउँमा नै घटना मिलाउने प्रयास गर्दा समयमा उजुरी दिन ढिला भए पनि असोज ४ गते कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज ४ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास खतिवडाले घटनाको अनुसन्धान गरी उजुरी दर्ता गरेको र आरोपित फरार रहेकाले खोजतलास भइरहेको बताउनु भयो ।


दुर्गा परियार