बलात्कार प्रयास घटनाका दोषी चार वर्षपछि गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रसाय गरेको घटनामा दोषी ठहरिएका बेला-६ खरदरियाका ४३ वर्षीय नन्कु यादवलाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०६८ मङ्सिर २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले मङ्सिर २३ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी गरेपछि आरोपित फरार रहेका थिए ।
बलात्कारपछि फरार यादवलाई प्रहरीले चार वर्षपछि घरबाटै गिरफ्तार गरी दाङ जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०६८ मङ्सिर २३ गते प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा गरिएको थियो ।
जिल्ला अदालतले ०६९ असार ५ गते आरोपितलाई दोषी ठहर गर्दै दुई वर्ष ६ महिना सजायको फैसला सुनाएको थियो ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…