बलात्कार प्रयास घटनाका कसुरदारलाई तीन वर्ष ६ महिना फैसला

५४ वर्षीया एक महिलालाई ०७९ माघ ५ गते बलात्कार प्रयास गरेको आरोपमा माघ ९ गतेदेखि थुनामा रहेका थाक्रे गाउँपालिका–२ का ३५ वर्षीय बाबुराम भन्ने इन्द्रबहादुर तामाङलाई तीन वर्ष ६ महिना कैद गर्ने फैसला भएको छ ।

जिल्ला न्यायधीश गोपालप्रसाद वास्तोलाको ०८० फागुन २१ गतेको फैसला बमोजिम कसुरदारलाई तीन वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना गर्ने फैसला गरेको श्रेस्तेदार माधव भण्डारीले बताउनुभयो ।

कसुरदार तामाङ विरुद्ध ०७९ माघ ६ गते पीडितले इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपितलाई माघ ९ गते गिरफ्तार गरेको थियो ।जिल्ला अदालतको फागुन २ गतेको आदेशले तामाङलाई ३ लाख रपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । कसुरदार तामाङ धरौटी नबुझाएर कारागरमै थिए ।

सीताराम अधिकारी


सीताराम अधिकारी