बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा फत्तेपुर गाविस-७ झगडियाका २० वर्षीय गोरे गड्डी र सोही ठाउँका २१ वर्षीय भड्डु गड्डीलाई फत्तेपुर प्रहरी चौकीले साउन २५ गते गिरफ्तार गरेको छ ।
आरोपित दुवैलाई साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा बुझाएको फत्तेपुर प्रहरी चौकीले जनाएको छ ।
पीडित महिलालाई साउन २३ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन २६ गते उजुरी दिएकी थिइन् । आरेपितहरूले गरेको हातपातबाट पीडितको शरीरको भागमा चिथोरिएको पीडित महिलाले बताइन् ।
पीडितको स्वास्थ्य परीक्षण गर्ने प्रक्रियामा रहेको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालयले पीडितले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जानकारी दिएको छ ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…
गालीगलौज घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अदानचुली गाउँपालिका–२ का ३१ वर्षीय कुलबहादुर कटुवाल, २८ वर्षीय कमल नेपाली र ३५ वर्षीया लक्ष्मी भियालले अदानचुली गाउँपालिका–४ का लौठीका ४० वर्षीय नरप्रसाद सञ्ज्यालविरुद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।…