बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–२ का २० वर्षीय हंशराज चौधरीलाई कात्तिक १० गते सियारी गाउँबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार प्रयास गरेको भनी पीडित महिलाले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमोध ढुङ्गेलले बताए । पीडित महिलाको कात्तिक १० गते भिम अस्पताल भैरहवामा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो ।
त्यसैगरी २६ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका–३ का २८ वर्षीय शुनिल कहाँर, सोही नगरपालिका–५ का १९ वर्षीय आकाश कहाँर र सोही नपा–६ का २८ वर्षीय मुर्तजा राइनलाई कात्तिक १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितहरूले कात्तिक १० गते बिरामी भएकी आमालाई भेट्न भैरहवा मेडिकल जाँदा रिक्सा चालक र रिक्सामा सवार व्यक्तिले यौन दुव्र्यवहार गरेको भनी पीडित महिलाले कात्तिक १० गते नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमोध ढुङ्गेलले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १० गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।
त्यसैगरी सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–२ का २२ वर्षीय दिपक कलवार बानियाँलाई कात्तिक १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमोध ढुङ्गेलले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १० गते नै भिम अस्पताल भैरहवामा गरिएको डिएसपी ढुङ्गेलले बताए ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…