बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया सुत्केरी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला बयरवनका २५ वर्षीय दिपेश कार्कीलाई असोज १२ गते गिरफ्तार गरेको छ ।

जिल्ला अस्पतालमा उपचाररत पीडित सुत्केरी महिलालाई आरोपितले असोज ११ गते राति जिल्ला अस्पतालको शौचालयमा बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए ।

पीडित सुत्केरी महिलालाई असोज ९ गते जिल्ला अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरी उपचारका गराइरहिएको थियो ।


भगिश्वर लिम्बू