बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नपा–८ का ३६ वर्षीय अमद चुरौटेलाई साउन १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले १० गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कविन्द्र कार्कीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल रङ्गेलीमा गरिएको छ ।


इन्दिरा भट्टराई