बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

५२ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बेनी नपा-९ का ३२ वर्षीय किसान परियारविरुद्ध भदौ २६ गते प्रहरीमा पीडितले उजुरी दिएकी छन् ।

भदौ १९ गते आरोपितले आफूलाई बलात्कार प्रयास गरेको भन्दै न्यायका लागि पीडित महिलाले भदौ २२ गते इन्सेक म्याग्दीको सहयोग मागेकी थिइन् ।

इन्सेक म्याग्दीको सहयोगमा भदौ २३ गते नै प्रहरीमा उजुरी दर्ताको प्रयास गरेपनि आज मात्रै उजुरी दर्ता गरेको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २६ गते जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा गरिएको जिल्ला प्रहरी कार्यालयका असई बालकृष्ण शर्माले जानकारी दिए ।


अमृत बास्कुने