बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जेठ १६ गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा नौगाड गाउँपालिका–३ का ३५ वर्षीय विक्रमासिंह ठगुन्ना, ४३ वर्षीय पुने धामी र ४५ वर्षीय सागर धामी रहेका छन् ।

पीडित महिलाले जेठ १५ गते प्रहरी चौकी, दल्लेखमा बलात्कार प्रयास भएको भन्दै उजुरी दिएकी थिइन् ।

प्रहरी चौकी, दल्लेखले सो उजुरीलाई जेठ १६ गते जिल्ला प्रहरी कार्यालय पठाएपछि सोही राति तीनै जना आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका सूचना अधिकारी एवम् इन्स्पेक्टर लालबहादुर साउदले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १६ गते नै जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलामा गएिको थियो ।


नरेन्द्रसिंह कार्की