बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

  ०७३ भदौ २६ गते

१३ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले मल्हनिया गाविस-६ का २० वर्षीय मिलन चौधरी र १७ एक बालकलाई गिरफ्तार गरी भदौ २६ गते मुद्दा दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले भदौ २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भदौ २३ गते गरिएको प्रहरीले जनाएको छ ।


मनोहरकुमार पोखरेल