बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका-५ बलेफीका ३० वर्षीय पासाङ तामाङलाई जेठ २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख ३१ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १ गते चौतारा अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कडेलले बताए ।


नातिबावु धिताल