बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०८१ पुस २३ गते

१८ वर्षीया युवतीलाई पुस ३ गते र पुस १८ गते बलात्कार प्रयास गरेको आरोपमा रामेछापको प्रहरीले मन्थली नगरपालिका-६ का ४७ वर्षीय मणिराज तामाङलाई पुस २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस २१ गते इलाका प्रहरी कार्यालय खुर्कोटमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराज काफ्लेले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण पुस २१ गते सिन्धुली अस्पतालमा गरिएको छ ।


नबिनबाबु अधिकारी