बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बङ्गलाचुली गाउँपालिका-६ का ५१ वर्षीय तिलबहादुर महरालाई चैत २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत २४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २७ गते उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २७ गते नै राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको छ ।


जे.एन.सागर