बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ मङ्सिर १८ गते

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-५ का ३९ वर्षीय संजय यादवविरुद्ध ०८१ मङ्सिर १७ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ ।

पीडित महिलालाई आरोपित यादवले ०८१ असोज १४ गते बलात्कार प्रयास गरेको भन्दै मङ्सिर १७ गते इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएको पीडित महिलाकी आमाले बताउनु भयो ।

घटनापश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मुक्तीनाथ सापकोटाले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह