बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ कात्तिक ३० गते

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर्वा नगरपालिका-३ का ३८ वर्षीय सुरेश यादवविरुद्ध ०८१ कात्तिक २६ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ ।

पीडित महिलालाई आरोपित यादवले ०८१ कात्तिक ११ गते बलात्कार प्रयास गरेको भन्दै कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।

घटनापश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह