बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ कात्तिक २ गते

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-३ का ३९ वर्षीय संजिव रामविरुद्ध ०८१ असोज ३० गते पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भयो ।

पीडितलाई आरोपितले ०८१ असोज ४ गते बलात्कार प्रयास गरेको भन्दै असोज ३० गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।

घटनापछि आरोपित राम फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रोमन राज अर्यालले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३० गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह