बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०८१ असोज ४ गते

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज ३ गते बलात्कार प्रयास गरेको पीडितको आरोप छ । पीडितले असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असोज ४ गते चौतारा अस्पतालमा गरिएको छ।


नातिबावु धिताल