बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  ०८१ साउन ३० गते

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ साउन २८ गते बरहथवा नगरपालिका-७ का ३८ वर्षीय कोसिन्द्र उप्रेतीविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडित महिलालाई असार १६ गते धाक धम्की र कुटपिट समेत गरी बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।

उजुरीपश्चात आरोपित उप्रेतीलाई साउन २९ गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहररी कार्यालय बरहथवाका डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।


बुधन साह