बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया विवाहित युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला राजापुर-३ का २१ वर्षीय बुद्धिराम दहितलाई गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपित दहितले चैत ३ गते बलत्कार प्रयास गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई चैत ३ गते नै गिरफ्तार गरिएको प्रहरीले जनायो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण त्रिशूली जिल्ला अस्पतालमा चैत ४ गते गरिएको प्रहरीले जनाएको छ ।


नवदीप श्रेष्ठ